A.D.:
Nepal Samvat: ११४५ वछलागा एकादशी - २६
भूगोल – नेपाल अधिराज्यको मानचित्रमा ८५˚२४ʹ-८५˚५३ʹ पुर्वि देशान्तर र २७˚२०ʹ- २७˚४५ʹ उत्तरि अक्षांशका बिच फैलियर काभ्रे जिल्लाको क्षेत्रफल १३९६ वर्ग किलोमिटर रहेको छ ।काठमान्डौ उपत्यका देखि नजिकमा रहेको यस जिल्लाको सदरमुकाम धुलिखेल हो । यस जिल्लाको सिमाना बागमती अन्चलका काठमान्डौ (पश्चिम) भक्तपुर (पश्चिम) ललसतपुर( पश्चिम) सिन्धुपालचोक (उत्तर) जनकपुर अन्चलका रामेछाप दोलखा (दुवै पुर्व) र सिन्धुलि(दक्षिण) अनि नारायणि अन्चलको मकवानपुर(दक्षिण)समेत कूल ८ वटा जिल्लाहरुसंग जोडिएको छ । जिल्लाको दक्षिणि सिमा हुदौ वग्ने कोखाजोर खोला आसपास यस जिल्लाकै न्युनतम उचाइ बिन्दु करिव २८० मिटर फेला पर्दछ भने ३०१८ मिटर उचाई रहेको बेथानचोक नारायण डाडा हाल बेथानचोक गाउँपालिकामा पर्दछ । नेपालको संघिय राजधानी काठमान्डौबाट करिब ३१ कि.मि.पुर्वमा रहेको यस कार्यालयको स्थापना वि.सं. २००० सालमा सानो भेटेरिनरी डिस्पेन्सरीको रुपमा भएको थियो र वि.सं.२०१७ सालमा पशु चिकित्सालयमा परिणत गरियो । वि.सं.२०४४/४५ मा जिल्ला पशु सेवा शाखाको नामबाट कार्यालय विस्तार भएकोमा २०५०/५१ को शुरु देखि जिल्ला पशु सेवा कार्यालयमा परिणत भै उपचार र रोकथाम, कृत्रिम गर्भाधान सेवा ,रोग निदान, प्रविधिको प्रचार प्रसार, तालिम सेवा, पशु विकास सेवा ईत्यादि विभिन्न किसिमका पशु सेवा संग सम्वन्धित कृयाकलापहरु सन्चालन गरि कृषकस्तरमा सेवा पुराउदै आएकोमा देश संघिय संरचनामा परिवर्तन भै प्रदेश सरकार मन्त्रिपरिषदको मिति २०७५ साल मंसिर २२ गतेको निर्णायानुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नामवाट प्रदेश सरकार ३ नं. प्रदेश अन्तर्गत भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय मातहत रहि हाल यस कार्यालयको नाम परिवर्तन भई पशु सेवा कार्यालय कायम भएको छ र बागमती प्रदेश सरकार अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मातहतमा रहि विभिन्न पशु सम्बन्धी कार्यक्रमहरु संचालन गरी सेवा प्रवाह गर्देै आइरहेको छ ।