• पशुपन्छी तथा मत्स्यका लागि बिशिष्टीकृत पशु चिकित्सा सेवा प्रदान गर्ने
  • पशुपन्छी तथा मत्स्य स्वास्थ्य परीक्षण तथा रोग निदानमा लागि आधुनिक प्रविधिको सेवा उपलव्ध गराउने ।
  • पशुपन्छी रोग निदानका लागि प्रयोगशाला (प्याथोलोजिकल, प्यारासाईटोलोजिकल, माईक्रोबायोलोजिकल, वेशिक भाईरोलोजिकल तथा बायोमेट्रिक, बायोटेक्नोलोजी) सेवा प्रदान गर्ने ।
  • राष्ट्रिय, प्रदेश तथा स्थानियस्तरमा प्राथमिकता प्राप्त पशुपन्छी तथा मत्स्य रोग सर्भिलेन्स गर्ने ।
  • नियमन सेवा सञ्चालन सहजीकरण गर्ने ।
  • पशुपन्छी तथा मत्स्यजन्य महामारी विपद व्यवस्थापन र रोग नियन्त्रणका लागि आवश्यक औषधि खोप तथा नियन्त्रण उपकरण/सामाग्रीको बफर स्टक(मौज्दात) व्यवस्थापन गर्ने ।
  • कृत्रिम गर्भाधान सेवाको लागि तरल नाइट्रोजन तथा सिमेन व्यवस्थापन गर्ने।
  • नयाँ पशु नश्ल वा प्रजाति प्रदेशमा भित्र्याउने वा विस्तार सम्बन्धी कार्य गर्दा प्रादेशिक तालुक निकाय र संघय निकायसँगको समन्वयमा गर्ने ।
  • पशु सेवा सम्बन्धी जनचेतनामूलक कार्य सञ्चालन गर्ने ।
  • दुध,फुल,माछा, मासुको उत्पादन तथा उत्पादकत्व बढाउन कार्य योजना तयार गरि समन्वयमा कार्यान्वयन गर्ने ।
  • पशुपन्छी तथा मत्स्यपालन गर्ने कृषक व्यवसायी तथा उद्यमीहरुले माग गरेको अवस्थामा विशिष्टिकृत प्राविधिक सेवा उपलव्ध गराउने ।
  • पशु कल्याण सम्बन्धी आवश्यक कार्य गर्ने ।
  • पशुपन्छी मत्स्य सम्बन्धी कार्यक्षेत्रका स्थानिय तहको पशुजन्य उत्पादन तथा पशुपन्छी तथ्याङक अध्यावधिक गर्ने
  • प्रदेश निर्देशनालयवाट प्रत्यायोजित कार्यहरु गर्ने ।
  • कार्यालयको योजना तर्जुमा र कार्यान्वयनको प्रगति प्रतिवेदन निर्देशनालयमा पठाउने।
  • आफ्नो कार्यक्षेत्र भित्र पशुपन्छी उत्पादन सामाग्रीहरु तथा पशुपन्छीजन्य उत्पादनहरुको गुणस्तर कायम गर्न आवश्यक कार्य गर्ने।